arrow

बेलायतमा संक्रमण बढ्दो

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
England-lockdown-corona.jpg

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यहाँ संक्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । 

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना संक्रमित पुगेका थिए । यो समेतगरी यहाँ संक्रमितको संख्या ९० लाख नाघेको हो । 

त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ । 

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढ्दो देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ