arrow

नेपाली क्रिकेट टिमको मूख्य प्रशिक्षकका लागि पाँच दर्जन आवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
nepal-cricket-association.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ (क्यान) मा पाँच दर्जन आवेदन परेका छन् । क्यानले सामाजिक संजाल ट्वीटरमार्फत सोमबार बिहान मूख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन परेको जानकारी दिएको हो । 

क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केही दिनमा अन्तर्वार्ता गरे मूख्य प्रशिक्षकका लागि छोटो लिष्ट छनोट गर्नेसमेत जनाएको छ । 

मूख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिज सकिएसँगै नेपालको नेतृत्व छाडेका थिए । 

त्यसपछि क्यानले मूख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो । क्यानले दुई साताको समय राखेर कार्तिक १ गते मुख्य प्रशिक्षक मागेको थियो । 

उक्त समय आइतबार सकिएको थियो । सोमबार बिहानै ६० जनाको आवेदन परेको जानकारी दिँदै क्यानले अबको केही दिनमै सानो लिष्ट सार्वजनिक जनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ