arrow

आवश्यक परे सेना परिचालन हुन्छः उपप्रधानमन्त्री रावल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
180176717.jpeg

काठमाडौ । उपप्रधान तथा रक्षमन्त्री भीम रावलले आवश्यक परे नेपाली जनता र मुलुकको सुरक्षाकोलागि नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन हुने बताएका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मुलुकको भु–भाग र जनताको रक्षाकोलागि सरकार प्रतिबद्ध छ । जनता र जमिनको रक्षाकोलागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालित हुन्छ । सुरक्षा निकायम मात्रै होईन आवश्यक परे जनतालाई पनि राज्यले खटाउन सक्ने संबैधानिक ब्यवस्था छ । सेनामात्रै होईन ऋषि धमला पनि परिचालित हुनु पर्छ ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उपप्रधानमन्त्री रावलले अहिले नेपाल प्रहरीमात्रै परिचालित रहेको भन्दै अवस्था परिस्थिति र आवश्यकता अनुसार जनताको हितकोलागि सबै निकाय परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने,‘ सरकार धेरै संयमित भएर प्रस्तुत भएको छ । रोक्नु पर्ने ठाँउमा नरोकेको र गर्नु पर्ने ठाँउमा आवश्यक बल प्रयोग नगरेको गुनासो आईरहेको छ । आवश्यकता अनुसार सरकारले निर्णय लिन्छ ।’

उपप्रधानमन्त्री रावलले भारतसँग कुटनीतिक र अनौपचारिक रुपमा सरकारले संबाद जारी राखेको भन्दै सरकार भारतसँग सम्बन्ध सुधार्ने पक्षमा रहेको स्पष्ट पारे । भारतले अत्यावश्कीय बस्तु रोक्दा जनता जनतावीच मनोमालिन्य बढेको दावी गर्दै उनले भने,‘ यसरी सीमामा सामान रोक्ने कुरा कुनै पनि सन्धी सम्झौतासँग मेल खाँदैन । आयात निर्यात सहज बनाउनु पर्छ । नाकामा देखिएको अवरोध र नेपाल भित्रको राजनीतिक विषयलाई एकै ठाँउ मिसाउनु हुँदैन ।’ उनले थपे,‘भारत घुम्न जाँदा कुन नेताले के प्रतिबद्धता ब्यक्त गरे भन्ने कुरा राज्यको प्रतिबद्धता हुँदैन ।’

उपप्रधानमन्त्री रावलले मधेसी मोर्चालाई बार्ताबाट समस्या समाधान गर्ने भए आन्दोलनको स्वरुप फेर्न आग्रह गर्दै जनता, राष्ट्र र लोकतन्त्रलाई आधार मानेर बार्तामा बस्ने हो भने अन्तिम निष्कर्समा पुग्न धेरै समय नलाग्ने विश्वास ब्यक्त गरे ।   समानुपातिक समावेशीता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने कुरा सबैले स्विकारेकोले मधेसी मोर्चा सहमत हुने वित्तिकै संविधान संसोधन विद्येयक अगाडि बढाउने जानकारी दिदै मेचिदेखि महाकालीसम्मको सिंगो भुभागलाई एक प्रदेश बनाउने कुरा सहमति हुन नसक्ने उनले ठोकुवा गरे ।

सरकारले बार्ता बनाउन आन्दोलनमा मृत्यू भएकालाई १० लाख रुपैया, घाईतेको निशुल्क उपचार, झुठा मुद्दा फिर्ता लिने जस्ता कार्य अघि बढीसकेको भन्दै अब मधेसी मोर्चाले औषधीको ट्रक जलाउने, जिउँदै मान्छे जलाउने, एम्बुलेन्स तोडफोड गर्ने र नाकामा धर्ना दिने काम रोक्नु पर्ने दावी गरे । उनले आन्दोलनकारीले ढुृङगा हाने यात्रुहरुको हत्या गर्ने कार्यको छानविन हुने भन्दै मृतक परिवारलाई राज्यले सहायता गर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ