- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। निर्वाचन आयोगले विवेकशील साझा पार्टीको आधिकारिकता रबिन्द्र मिश्र पक्षलाई दिएको छ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले विवेकशील शाझाको केन्द्रीय समितिको बैठकको निणर्य र विधान संसोधनलाई वैधता दिएसँगै मिश्र पक्षले आधिकारिकता पाएको हो।
पार्टी भित्र विवाद देखिएपछि पार्टी बन्धक बनेको भन्दै विवेकशील साझाको केन्द्रीय समिति बैठकले मिश्रलाई एकल कार्यकारी अधिकार दिने निणर्य गर्दै संयोजक रहेका मिलन पाण्डेको जिम्मेवारी खोसेको थियो।
तत्कालीन साझा पार्टी र विवेकशील पार्टीबीच गत वर्ष मंसिरमा एकता हुँदा बनेको अन्तरिम विधानमा केन्द्रीय कमिटी बैठक अध्यक्ष र संयोजकको सहमतिमा बोलाउने उल्लेख थियो।
तर विवाद बढ्दै जाँदा बहुमत सदस्य जुटाएर मिश्र पक्षले विधानमा संसोधन गर्दै आयोगमा निणर्य बुझाएको थियो। आयोगले सो निणर्यलाई वैधता दिएसँगै पाण्डेको अधिकार पनि वैधानिक रुपमा नै खोसिएको छ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका शाखा अकिृत नवराज विष्टद्धारा जारी विज्ञप्तिमा ‘विवेकशील शाझा पार्टीको विधान २०७८ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण राजनीतिक दल सम्वन्धि ऐन २०७३, को दफा ५१ र राजनीतिक दल सम्वन्धि नियमावली २०७४ को नियम २५ बमोजिम अद्यावधिक गरी अभिलेखिकरण भएको’ उल्लेख छ।