arrow

यादव खरेलको तिहार अनुभव:  अहिलेको देउसीभैलो पैसा कमाउने माध्यम मात्र भयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
yadav-kharell.jpg

काठमाडौं । नेपालीहरुको महान चाड तिहारमा बिशेष गरेर भाइटीकाको विशेष महत्व छ । दिदीबहिनी र दाजुभाइको पवित्र नातालाई जीवन्त बनाउने एक अवसरका रुपमा लिने गरिन्छ ।

पछिल्लो वर्ष कोरोना महामारीको कारणले अवस्था सामान्य थिएन । धेरै कलाकारहरुले कोरोनाबाट बच्दै दुरी कायम गर्दै र मास्क लगाउँदै तिहारको भाइटीका लगाएका थिए । तर यो वर्ष भने धेरैले केही सहज महसुश गरेका छन् र यसपटक भाइटीका रमाइलोका साथ पारिवारिक जमघटमा मनाउने तरखरमा कलाकारहरु देखिन्छन् ।

चलचित्र निर्देशक यादव खरेलको बेग्लै अनुभव छ । पहिला पहिला दिदीबहिनीहरु फरिया लगाएर कोसेली लिएर निम्ता दिन आउने गरेको अनुभव उनी सुनाउँछन् । बिगत भन्दा अहिले चलन फेरिएको छ । अहिले प्रविधीले गर्दा कतिपय चलनहरु हराएको उनको अनुभव छ । उनी थप्छन्,‘पहिला अरसी, अनारसा बनाउने चलन थियो तर अहिले अरसी कतै पाइँदैन बरु अनारसा एकदुई ठाउँमा देख्न सकिन्छ ।’

निर्देशक खरेल थप्छन्,‘पहिला पहिला रातभर र बिहान हुन्जेल देउँसीभैलो खेल्थे । त्यो देउसीभैलोमा आफ्नै मौलिक संस्कृति हुन्थ्यो । अहिले जस्तो १० बजेपछि देउसी भैलो खेल्न रोक थिएन । बरु धेरै महिलाहरु दिउसो आउँथे, राती खेल्न आउनेहरु धेरै पुरुष हुन्थे । अहिले देउसीभैलो खेल्ने कुरा संस्कृति भन्दा पनि पैसा कमाउने मेलो भएको छ । त्यो समय देउसीभैलो खेल्नेले आशिष दिन्थे । अनि घरबेटीले थालमा सेलरोटी, फूलपाती, अक्षता, पैसा र बीचमा दीप राखिदिन्थे तर अहिले संघसंस्था आउँछन् र उनीहरुको पैसामा मात्रै ध्यानमा हुन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ