arrow

तिहारमा ढाकाटोपीको व्यापार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १७ शनिबार
topi-byapar.jpg

काठमाडौँ । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरू सन्तुष्ट देखिएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरे । उनले गत वर्ष भन्दा यस वर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए ।

सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरू आएको व्यापारीहरूको भनाई छ । उनीहरूले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गइरहेको प्रतिक्रिया दिए ।

व्यापारी सिलवालले भने,‘पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ । विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरू बजारमा आएको छ । अरू मूल्य बढे पनि टोपीमा घटेर आएको छ । एउटा सर्वसाधारणले लगाउन सक्ने खालको स्थितिमा आएको छ टोपी । तिहारको कारणले टोपीको व्यापार पनि राम्रै भइराखेको छ ।

नेपालमा चाडपर्व दशैं–तिहार, विवाह, व्रतबन्धलगायतका उत्सवहरूमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारको रूपमा पनि ढाकाटोपी दिने चलन अधिक रूपमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ