arrow

गाईको पूजा गरी मनाइयो गाई तिहार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १७ शनिबार
gai-tihar-07-17.jpg

काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज गाई पूजा गरिएको छ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । 

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । 

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रूपमा पुकारिने गरिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ