arrow

मंगलबजारमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
fire-final_1618024271.jpeg

काठमाडौं । ललितपुरको मंगलबजारमा आगलागी हुँदै एकै परिवारका चार जनाको मृत्यु भएको छ । ललितपुर उपमहानगरपालिका–१२ स्थित पाटनको मंगलबजारमा शुक्रबार साँझ आगलागी भएको हो । 

उक्त आगलागीमा चार जनाको ज्यान गएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना, बुहारी रञ्जना र नाति निर्जल हुन् । 

घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको र आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । 

चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न गाह्रो परेको थियो । आगलागीपछि प्रहरी र स्थानीय उद्दारमा सक्रिय भएका थिए ।

उक्त सक्रियताले पाँच जनाको भने ज्यान जोगिएको छ । उद्दार भएकामध्ये दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ