arrow

राणाकालिन संरचना संरक्षणक‍ो अभावमा खण्डहर, चन्द्र नहर बेबारिसे

logo
केदार कटुवाल
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
udayapur-templee.jpg

उदयपुर । राणा प्रधानमन्त्री चन्द्र शम्सेरका समयमा सप्तरी जिल्लाको फत्तेपुरमा निर्मित चन्द्र नहर संरक्षणमा खटिने कर्मचारी तथा प्राबिधिक बस्न र स्वंय आफै बस्न बनाइका मुगल शैलीका कलात्मक ऐतिहासिक भवन संरक्षण सम्बर्द्धनको अभाबमा खण्डहरमा परिणत भएका छन् ।

कोशी पम्प चन्द्र नहर सिचाइ ब्यबस्था डिभिजन कार्यलयको अधिनस्थ रहेका फत्तेपुरस्थित एक दर्जन भन्दा बढी भवनको संरक्षण हुन सकेको छैन । यी शैलीका भवन चन्द्र नहर निर्माणस्थलदेखि बरमझियासम्म छन । सरोकारवालाले चासो नदिंदा खण्डहरमा परिणत भएका छन् ।मक्किएका काठका झ्यालढोका स्थानीयले दाउरामा प्रयोग गरिसकेका छन ।

अत्यन्तै सुन्दर र कलात्मक बंगला शौचालयमा परिणत भएका छन् । संरक्षणमा स्थानीयबासी, स्थानीय पालिका र नियमनकारी निकायको ध्यान नजाँदा करौडो लागतमा बनेका ऐतिहासिक भवन वर्षेनी काठ, ईटा भत्कदै जमिनमा बिलय हुँदै गएको स्थानीयको दुखेसो छ ।

चन्द्र नहर निर्माणताका बनेका ऐतिहासिक महत्वका धरोहर संरक्षणमा ध्यान नजाँदा सप्तरीको अस्तित्व र पहिचान संकटमा देखिन्छ । चन्द्र नहरका प्रशासनिक भवन, आवास गृह, गोदाम ,चमेना गृह जिर्णय बन्दै जाँदा समेत स्थानीय जनप्रतिनिधिले चासो दिएका छैनन् । देशकै जेठो र आधुनिक नहरका संरचना बस बिसौनी र उद्यानका नाममा भत्काइसकिएको छ ।

दुई दशक अघिसम्म चन्द्र नहर हेर्न र बनभोज आउनेको भीड हुने गरेपनि नहर वरिपरिका संरचना फोहोर दुषित र जिर्ण बन्दै जाँदा र वातावरण प्रदुषित हुँदा पर्यटक आउनै छाडेका छन् । सय बर्ष पुराना संरचनाका जगेर्ना हुन सकेको भए थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको संभावना रहेको स्थानीयले बताए ।

चन्द्र नहर नेपालको पहिलो आधुनिक नहर हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा स्थापना गरिएको हो । सप्तरी जिल्लाको उत्तर पुर्वी क्षेत्रमा त्रियुगा नदीबाट पानी लाने गरि वि.स. १९७९ मा आयोजना शुरु गरि १९८५ समाप्त भएको थियो । ३१ किलो मिटर लम्बाइ भएको यो नहरले सप्तरीका सप्तकोसी, कंचनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको करिब ११ हजार हेक्टरमा सिचाइ सुबिधा पुर्याएको छ । । प्रति सेकेन्ड १४ घनमिटर पानी प्रवाह गर्ने यसको क्षमता रहेक‍ छ ।

आधुनिक नहरको डिजाइन नेपालका पहिलो ईन्जिनियर डिल्लीजंग थापाले गरेका हुन । त्रियुगा नदीमा बाँध बनाएर निर्माण गरेको यस नहरमा त्यसताका १ चिम्टी सिमेन्टको समेतको प्रयोग गरिएको थिएन । पाको ईंटाको धुलो, चुन र मास मिसाएर बनाइएको बज्र प्रयोग गरि संरचना तयार पारिएको हो । नया प्राविधिकहरुका लागि यो स्थल अध्ययन र अनुसन्धानको राम्रो पाठशाला बनेको छ ।

                                 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ