रुसले भारतलाई निर्यात गर्न थाल्यो 'एस-४०० एयर डिफेन्स सिस्टम'
पुटिनको भ्रमणअघि रुसले भारतलाई निर्यात गर्न थाल्यो 'एस-४०० एयर डिफेन्स सिस्टम'
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
996
Shares
काठमाडौँ । रुसले भारतलाई एस-४०० जमिनदेखि हावामा मार हान्ने मिसाइल प्रणाली पठाउन सुरु गरेको छ । रुसी सैन्य प्राविधिक सहयोगका लागि सङ्घीय सेवा (एफएसएमटीसी)का निर्देशक दिमित्री शुगाएभले यस्तो जानकारी दिएका हुन् ।
सन् २०१८ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रुसबिच एस-४०० मिसाइल प्रणाली किन्ने सम्झौतामा हस्ताक्षर भएको थियो । आउँदो डिसेम्बर ६ मा पुटिनले फेरि भारतको एक दिने भ्रमण गर्दै छन् ।
त्यसअघि रुसले एस-४०० मिसाइल प्रणाली पठाउन सुरु गरेको जानकारी दिएको हो । सन् २०२१ को अन्त्यसम्म एस-४०० भारतलाई उपलब्ध गराइसक्ने रुसले जनाएको छ ।