arrow

नेपाली चेलीहरुले दिलाए ऐतिहासिक सफलता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
rubina-chhetri-2021-11-17-f.jpg

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता दिलाएको छ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिजमा ऐतिहासिक सफलता दिलाएको हो । नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै सफलता प्राप्त गरेको हो ।

नेपाली चेलीहरुले कतारविरुद्धको तीन खेलको टी–२० सिरिज दिलाउन सफल भएका हुन् । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा लगातार दुई दिनसम्म भएका दुवै खेलमा जित निकाल्दै नेपाल इतिहास रच्न सफल भएको हो । 

मंगलबार पहिलो खेलमा ११९ रनको जित निकालेको नेपालले बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्यो । योसँगै तेस्रो खेल बिहीबार खेल्नुअघि नै नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारिसकेको छ । 

यस्तो रह्यो दोस्रो खेल–
नेपालले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा अलआउट हुँदै ६८ रनमा समेटियो । कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन बनाइन् । 

नेपालका लागि सरस्वतीकुमारी चौधरीले सर्वाधिक ४ विकेट लिइन् । कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । संगीता राई र सवनम राईले समान १–१ विकेट लिए ।

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा १२९ रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ५० रन बनाइन् ।

उनले १ छक्का र ४ चौकाको मद्धतले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । उनको यो पहिलो टी–२० अन्तराष्ट्रिय अर्धशतक हो । रुबिना प्लेयर अफ द म्याच भइन् । 

कबिता कुँवरले ३१ तथा अप्सरी बेगमले नटआउट रहँदै २३ बनाइन् । कतारकी एन्जेलिन मारेले सर्वाधिक २ विकेट लिइन् ।

आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन खेल खेलिरहेको हो । बिहीबार तेस्रो खेल खेलेपछि शुक्रबार नेपाल यूएई जानेछ । 

यूएईको दुबईमा विश्वकप छनोट यही नोभेम्बर २२ देखि २८ सम्म आयोजना हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ