arrow

बुद्धको ज्ञान

logo
बुद्ध
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Buddha.advice2_.jpg

काठमाडौँ । एक पटक महात्मा बुद्ध शिष्य आनन्दको साथ एक घनघोर जङ्गलबाट भएर कहीँ जाँदै थिए। बाटो हिंड्दै ज्ञानको चर्चा पनि भइरहेको थियो । आनन्दले सोधे, 'भगवान्! तपाईँ त ज्ञानको अपार भण्डार हुनुहुन्छ, ज्ञानको खानी हुनुहुन्छ, अहिलेसम्म तपाईँले जे-जति जान्नुभएको छ, के त्यो सबै तपाईँले मलाई बताउनुभयो ?' 

महात्मा बुद्धले आनन्दलाई सोधे, 'यो जङ्गलमा भुइँभरि झरेका रुखका पातहरू कति होलान् ? फेरि हामी जुन रुखको मुनि उभिएका छौं, यो रूखमा कति सुकेका पातहरू टाँसिएर, अल्झिएर बसेको होला ? यसको साथै मेरो र तिम्रो खुट्टामुनि पनि झरेका पातहरू छन्, यो कति सङ्ख्यामा हुन सक्छन् होला ?'

आनन्द यस प्रश्नको उत्तर दिने स्थितिमा थिएनन् । मौन समाप्त हुनसाथै तथागतले स्वयं भने, 'ज्ञानको विस्तार यति विशाल छ कि जति यस विशाल वन प्रदेशमा झरेर सुकेका पातहरूको सङ्ख्या छन् । मैले उति नै जाने, जति रुखमाथिबाट झरेका पातहरू छन् । यसमा पनि तिमिहरूलाई उति नै बताउन सके, जति मेरो खुट्टामुनि झरेका केही पातहरूको सङ्ख्या छन् । ज्ञानको कुरालाई जति राम्रो सम्झँदै निरन्तर खोज्दै जति मिल्न सक्छ, त्यो सबै समेट्दै, आफ्नो जीवनमा आत्मसात् गर्दै रहनुमा नै बुद्धिमानी छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ