arrow

प्रधानमन्त्री देउवा र आन्दोलनरत कानून व्यवसायीबीच छलफलः देउवालाई बुझाइयो मागहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
deubaand bar.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेको कानून व्यवसायी र प्रधानमन्त्री देउवाबीच छलफल भएको छ ।

नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीहरुसँग शुक्रबार विहान भएको छलफलमा न्यायलयमा देखिएको समस्याबारे प्रधानमन्त्री देउवाले चासो राख्दै यस विषयमा सत्तारुढ गठबन्धनसँग छलफल गर्ने आश्वासन दिएको नेपाल बारका पदाधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवाले बारका पदाधिकारीहरुलाई शुक्रबार बिहान साढे १० बजेका लागि बालुवाटारमा छलफलका लागि बोलाएका थिए ।

छलफलका लागि बालुवाटार पुगेका बारका पदाधिकारीहरुले प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउनु पर्ने लगायत न्यायलयको शुद्धीकरणका लागि अघि सारेका मुद्दाहरु पनि देउवालाई बुझाएका छन् । जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरु एक महिनादेखि आन्दोलनमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ