arrow

‘ओली र हामी जेलमा पनि सँगै हौं’ – शेरबहादुर देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
sher-bd-deuba.JPG

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्रताको रक्षा गर्न र देशलाई समृद्ध बनाउन सबै लक्षित हुनुपर्ने बताएका छन् । शुक्रबार चितवनामा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा शुभकामना सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यतालाई जीवनपद्धति बनाउन, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न, देशलाई समृद्ध बनाउन र समृद्धिको पहुँचमा सबैलाई पुर्याउन हामी लक्षित हुनुपर्छ ।’ 

यस्तै उनले देश र जनतासँग जोडिएका मुद्धाहरुलाई सहकार्य आवश्यक रहेको बताएका छन् । यस्तै प्रधानमन्त्री देउवाले ओली र आफूले लोकतन्त्र आन्दोलनका बेला सँगै बिताएको समयको स्मरण गरेका छन् । उनले भने, ‘ओलीजी लगायत उहाँका साथीहरु र हामी जेलमा पनि सँगै रहेका साथीहरु हौँ ।’

यस्ता कुराहरुलाई ध्यान दिँदै भोलिका दिनमा कुनै नेपालीमाथि त्यस्तो समस्या नआनुपर्ने उनले बताए । यस्तै प्रधानमन्त्ती देउवाले सबैको सहकार्यमा सबै नागरिकलाई खोप लगाउने लक्ष्य पुरा भइरहेको बताएका छन्  ।

प्रधानमन्त्री देउवाले देश र जनतलाई केन्द्रमा राखेर साझा भावनासहित अघि बढ्नु पर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ