नेपाली नागरिकसँग चिनियाँ कामदारको दादागिरी, लफडा (झगडा) भएपछि दुई घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
796
Shares
फाइल तस्बिर
काठमाडौँ। नेपाली योजनामा कार्यरत चिनियाँ कामदारहरुले नेपालीहरुसँग झगडा गरेका समाचारहरु बेला बेला आइरहने गर्छन्। यसबीच केही दिनअघि मात्रै माथिल्लो त्रिसुली १ जलविद्युत परियोजना स्थलमा चिनियाँ कामदार र स्थानीय नेपालीहरुबीच झगडा भएको थियो।
सो क्रममा दुई आमाछोदिङ स्थित ठुलो हकुबेसी र सानो हकुबेसीका स्थानीयहरुको मागलाई चिनियाँ ठेकेदार एवं कामदारले बेवास्ता गरेपछि विवाद भएको थियो । सो क्रममा भएको झगडामा दुई चिनियाँ कामदार घाइते भएका हुन्।
नेपाली परियोजनमा ढिला सुस्ती, लापरबाही, स्थानीयसँग खटपट जस्ता समस्याहरु चिनियाँ पक्षले दिँदै आएको छ । यद्यपि, नेपालतर्फबाट भने प्रशासनको खासै ध्यान नसकेको देखिन्छ।
गत वर्ष (सन् २०२०)को मार्चमा समेत लमजुङको न्यादी जलविद्युत परियोजना क्षेत्रमा चिनियाँ र स्थानीय नेपालीहरुबीच विवाद भएको थियो। चिनियाँहरुले लकडाउनका अवज्ञा गरेपछि त्यतिबेला झगडा परेको थियो।