कांग्रेस कमजोर हुँदा देशको अवस्था नै कमजोर हुन्छ: नेता सिंह
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
1.6k
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्ति र बहुमतको भरमा पार्टीको विधान विपरीत काम गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिवेशनको उदघाटनलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको अवस्था नै कमजोर हुने बताए ।
उनले नेतृत्व परिवर्तन कांग्रेसको अहिलेको आवश्यकता भएको समेत जिकिर गरे । आदर्शको कुरा गरेर देशको विकास हुन नसक्ने भन्दै उनले काम पनि गरेर देखाउनुपर्ने बताए ।
नेता सिंहले कांग्रेसभित्र बर्तमान नेतृत्वले लोकतान्त्रिक पद्धतीको पालना गर्न नसकेको आरोप लगाए । पदमा रहंदाका गतिविधी र जिम्मेवारी वहन गरे नगरेको मुल्याङकन गर्नु अब नेता कार्यकर्ताले गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।
विधिसम्मत तरिकाले पार्टी सञ्चालन गरि देश र जनताको सुख समृद्धिको लागि कांग्रेस अगाडी बढ्नुपर्ने उनले बताए ।
क्रियाशील सदस्या वितरणमा बर्षौदेखि पार्टीमा काम गरेका कार्यकर्तालाई अन्याय भएको पनि उनले बताए । नेतृत्व परिवर्तनका लागि कार्यकर्ताले साथ दिनुपर्ने उनको भनाई छ ।