arrow

हतियारसहित नेपाल छिरेका १३ भारतीय सुरक्षाकर्मी नियन्त्रणमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1230240158.jpeg
काँकडभिट्टा । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  आइतबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ती हतियारधारी सुरक्षाकर्मीको समूह सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा छिरेको स्थानीयले बताएका छन् । 
 
उनीहरुसँग चार थान अत्याधुनिक हतियार साथमा रहेको बताइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बिहान नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।  
 
भारतीय सुरक्षाकर्मीलाई केचना–४ बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए भयो ।  प्रजिअ पौडेलले सदरमुकाम चन्द्रगढीबाट घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ डम्बरुप्रसाद निरौलालाई केचना पठाइएको बताएका छन् । हाल भारतीय सुरक्षाकर्मीलाई केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ