arrow

सुस्ताको १४ हजार हेक्टर नेपालीभूमि अतिक्रमण

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर १५ बुधबार
susta photo.png

रुपन्देही । लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीस्थित नारायणी नदीको पारी पूर्वमा एउटा सानो बस्ती छ । डुङ्गाको सहारामा आवतजावत गर्नुपर्ने उक्त बस्ती नेपाल–भारत सीमा क्षेत्र सुस्ता हो । जुन क्षेत्रलाई भारतीय सुरक्षा दस्ता एसएसबीले सीमाका स्तम्भहरु रातारात सार्दै १४ हजार हेक्टर नेपालीभूमि कब्जा गरेको छ । पछिल्लो समय बेलाबखतमा कब्जा गर्ने प्रयास गर्दा स्थानीयहरुको सक्रियतामा रोक्ने काम हुने गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताए ।

उनले भने, ‘सुस्ताको जम्मा क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर हो । त्यसमध्ये १४ हजार हेक्टर नेपालीभूमि भारतले अतिक्रमण गरिसकेको छ । १९ हजार हेक्टर नेपाली भूमि विवादित बनेको छ । बाँकी ७ हेक्टर क्षेत्रफलमा अहिले सुस्ता सीमित हुन पुगेको छ ।’

अतिक्रमित जग्गाको लालपूर्जा छ । स्थानीयहरुको हातमा लालपुर्जा छ । तर जग्गामा भने भारतीय एसएसबीले रजाइ गरेको छ । २०३० साल भन्दा अगाडिदेखि सुस्ता क्षेत्रमा नेपालीहरु बस्दै आएको सुस्ता बचाउ अभियानका प्रमुख गोपाल गुरुङले बताए । उनी भन्छन्, ‘यो भूमि नेपाली हो, भारतको प्रतिकारमा हामी उभिँदै आएका छौं ।’ 

यसका लागि विभिन्न राजनीतिक नेतृत्वको सरकारको पालामा सुस्ता क्षेत्रको अतिक्रमणबारे जानकारी गराउँदै भूमि फिर्ता गर्नुपर्ने र सीमा स्तम्भ राख्नुपर्ने माग गरे पनि हालसम्म सुनुवाइ नभएको उनले गुनासो गरे ।

२०३४ सालमा आएको नारायणी नदीको बाढीले धार परिवर्तन गर्दा ४० हजार ९ सय ८० हेक्टर जमीनमध्ये १९ हजार हेक्टर जमीन त्यतिबेलादेखि नभएको बताइएको छ । 

सुस्तामा हाल २ सय ६५ घरधुरी छन् । झण्डै ३ हजार जनसंख्या रहेको छ । जसमध्ये १ सय ९५ घरधुरीको नेपाली नागरिकता छ । बाँकी नागरिकताविहीन बन्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ