arrow

विद्यार्थीमाथि मेडिकल काउन्सिलको खेलबाड, कमाउने बदनियतले दुई चोटी पढ्न लगाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
mbbs11.jpg

काठमाडौँ । चीनमा एमबीबीएस पढेर आएका विद्यार्थीहरूलाई नेपालमा इन्टर्नसिप गर्नबाट वञ्चित गराउँदै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले अनेकौँ खेलो खेलिरहेका छन् ।

कहिले पढाइ पुगेन, कहिले त्यो नीति नै छैन, कहिले कुरा हुँदै छ त कहिले के भन्दै यी दुवै निकायले इन्टर्नसिप दिनबाट टार्दै आएका हुन् ।

यति मात्रै पछिल्लो समय अनलाइनबाट पढेको पढाइलाई मान्यता नदिने भन्दै नेपालमै साढे २ वर्ष पढ्नुपर्ने कुरा काउन्सिल र आयोगका अधिकारीहरूले अघि सारका छन् । केही दिनअघि हाम्रा कुराले यस विषयमा समाचार सम्प्रेषण गरेको थियो ।

मेडिकल काउन्सिलले चिनिया विश्वविद्यालयबाट क्रेडिट ट्रान्सफर गरेर यहाँ अध्ययन सुरु गर्न भनेर निर्देशन दिएको हो ।

तर, विद्यार्थीहरूले भने सैद्धान्तिक कक्षा अनलाइनबाटै पढ्न सकिने र नेपालका एमबिबिएसले समेत नेपालमा महामारी उच्च अवस्थामा रहेका बेला अनलाइनबाट पढेको बताउँछन् ।

तर, पनि काउन्सिलका अधिकारीहरूले भने जस्तो व्यवहारिक शिक्षा (प्र्याकटिकल) नपुगेको भनेको कुराका लागि विद्यार्थीहरूले इन्टर्नसिप गर्नुअघि ६ महिनाको प्रि इन्टर्नसिप सरकारी अस्पतालहरूमा गर्न आफूहरू तयार रहेको बताएका छन् । 

तर, काउन्सिल र आयोगका अधिकारीहरू भने प्राइभेट मेडिकल कलेजसँग मिलेर त्यहाँ झन्डै साढे २ वर्ष पढ्नुपर्ने भनेर विद्यार्थीमाथि दबाब बनाइरहेका हुन् । 

यसरी प्राइभेट मेडिकल कलेजले प्रत्येक विद्यार्थीहरूबाट असुल्ने साढे २ वर्षको झन्डै १० लाख बढी शुल्कबाट केही आफू खान काउन्सिलका अधिकारीहरू यस्तो रणनीतिमा लागेको विद्यार्थीहरूको आरोप छ ।

यसरी इन्टर्नशीपबाट वञ्चित रहेका झन्डै १५० विद्यार्थीबाट प्राइभेट कलेजले १५ करोड भन्दा बढी उठाउन सक्छ ।

तर, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय एवं अन्य सरोकारवाला निकायहरू भने अनलाइन कक्षालाई मान्यता दिन तयार छन्, भने उनीहरू सरकारी अस्पतालमा ६ महिनाको प्रि इन्टर्नसिपपछि इन्टर्नसिप दिनसमेत तयार छन् ।

कमाउने बदनियतका साथ लागि परेका काउन्सिल र आयोगका अधिकारीहरूले नै बाधा सिर्जना गरिरहेको विद्यार्थीहरुको आरोप छ ।

बुधबार पनि विद्यार्थीहरूले इन्टर्नशीपको व्यवस्था मिलाउन माग राख्दै मेडिकल काउन्सिल अगाडि विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले आफूहरूलाई इन्टर्नशीपको व्यवस्था गर्न माग गर्दै नभए आफूहरू फेरि आन्दोलनमा आउने चेतावनी दिएका छन् ।

यस्ताे छ विज्ञप्ति:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ