सबै दललाई मिलेर अघि बढ्न प्रधानमन्त्री देउवाको जोड
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
928
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट शुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकका हित रहेको बताए ।
राप्रपाको महाधिवेशनलाई उनले सफलताको कामना पनि गरे ।