पर्यटन व्यवसायी संगठन गण्डकीको अध्यक्षमा गणेशराज पहारी चयन
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
981
Shares
पोखरा । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायी संगठन नेपाल, गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गणेशराज पहारी चयन भएका छन् ।
पोखरामा भएको एक भेलाले पहारीको नेतृत्वमा ४५ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा राजेन्द्र ढकाल, राधेश्याम श्रेष्ठ (लमजुङ), शेषकान्त शर्मा (पर्वत), श्रेत्र बहादुर गुरुङ र अनिल केसी रहेका छन् ।
यसैगरी महासचिवमा रवीन्द्रराज पौडेल, उपमहासचिवमा ई. हरि बहादुर पहारी, दीपक श्रेष्ठ तथा सचिवमा असीम गुरुङ, दीपक पौडेल र मोहन भण्डारी छन् ।
भेलाले समितिको कोषाध्यक्षमा नवराज अधिकारी तथा सहकोषाध्यक्षमा ममता न्यौपाने रहेका छन ।
समिति सदस्यहरूमा नुना गुरुङ, मनोज भट्ट, लक्ष्मण गुरुङ, सुरेश बराइली, झविलाल अधिकारी, मनशान्त घिमिरे, अशोक पराजुली, हरि गुरुङ, कल्पना आचार्य, सङ्गीता आचार्य, रिता आचार्य र हरि पौडेल छन् ।
यस्तै, अमृत अधिकारी, दिलीप गुरुङ, कृष्ण गुरुङ, विनय गुरुङ, राज गुरुङ, कृष्ण केसी, कमल गिरी, ढकनाथ काफ्ले, दिनेश गुरुङ,दिनेश बराल, खिम ढकाल, सञ्जीव क्षेत्री, खिम ढकाल पनि समितिको सदस्यमा चयन भएका छन् ।