arrow

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
rajendra-lingen.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार विहान सकिएको मत गणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् ।

मत गणनाको प्रारम्भदेखि नै अग्रता लिएका लिङ्देनले थापालाई १६७ मत अन्तरले पराजित गरेका हुन् । मतदानमा लिङ्देनले १ हजार ८४४ मत प्राप्त गरेका थिए भने थापाले १ हजार ६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो । 

स्पष्ट रुपमा देखिने गरी लिङ्देनलाई निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ रहेको थियो । त्यस्तै थापालाई अर्का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले साथ दिएको भनिए पनि राणालेसमेत स्वविवेक प्रयोग गर्न भन्दै आएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ