ओमिक्रोन फैलिएसँगै बेलायतले यात्रा नियम थप कडा बनायो
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
599
Shares
काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै बेलायतले यात्रा नियमहरू थप कडा पारेको छ।
अब कुनै पनि विदेशी नागरिकले बेलायत प्रवेश गर्दा अनिवार्य रूपमा प्रस्थान गर्नुभन्दा ४८ घण्टाअघिको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ।
यस्तै बेलायत पुगेको दोस्रो दिन पीसीआर परीक्षण गर्नु पर्नेछ र नेगेटिभ रिपोर्ट नआउन्जेल आफूलाई आइसोलेसनमा राख्नु पर्नेछ।
यस्तै नाइजेरियाबाट बेलायत जाने नागरिकले अनिवार्य रूपमा १० दिन होटेल क्वारेनटिन बस्नुपर्नेछ । यी सबै नियमहरू मंगलबारदेखि लागु हुने बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन्।
बेलायतमा ओमिक्रोन भेरियन्टका सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ।