कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन रहने
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
2.8k
Shares
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बारिएका भीमसेनदास प्रधानले दोस्रो चरणमा सभापतिका प्रत्यासी इन्द्र बानियाँलाई समर्थन गर्ने जनाएका छन ।
आइतबार एक सूचना जारी गर्दै प्रधानले मतदान नगरी सहमति कायम गर्न आग्रह गरे पनि बानियाँलाई समर्थन गर्ने संकेत गरेका छन् । उनले घुमाउरो भाषामा बानियाँलाई समर्थन रहने संकेत गरेका हुन् ।
उनले पहिलो चरणको मतपरिणामको आधार र आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश दिनका लागि मतदानमा नगइ सहमति गर्ने आग्रह गरेका हुन् । तर सहमतिमा नेतृत्व चयन हुन सक्ने देखिएको छैन् ।
वागमतीमा सभापतिका लागि कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुन लागेको हो । बिहान ११ः३० बजेदेखि दोस्रो चरणको मतदान शुरु भएको छ ।
मत परिणामअनुसार, ईन्द्र बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदीश्वरनरसिंह केसीले ८ सय ७२ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । अब बानियाँ र केसीबीच प्रतिस्पर्धा भइरहेको छ । प्रधान निर्णायक बनेका छन् ।