arrow

यी हुन् कांग्रेसका अहिलेसम्मका सभापतिहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
congress-14th-general-convention.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्थात् नेपालको सबैभन्दा पुरानो दलको महाकुम्भमेला शुरु भएको छ । आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। सभापति शेरबहादुर देउवाले उक्त महाधिवेशनको उद्घाटन गर्नेछन् । 

कांग्रेसले उद्घाटनमा चार लाख मानिस उतार्ने जनाएको छ । विदेशबाटसमेत अतिथिहरु आइसकेका छन् । कोरोना भाइरसको महामारीका कारण अपेक्षाकृत विदेशी भने आएका छैनन् । भारतबाट चार जना नेताहरु आइसकेका छन् । 

नेपालका सबै दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । महाधिवेशनमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्नेछन् ।  

महाधिवेशन स्थलमा यतिबेला धमाधम मञ्च व्यवस्थापनको काम भइरहेको छ भने पार्टीका झण्डाले उद्घाटन स्थललाई झकिझकाउ बनाउने काम जारी छ ।

यो महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । २७ गते सोमबार बिहानदेखि मतदान हुनेछ । 

सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापति बन्ने होडमा छन् । संस्थापन इतर पक्षबाट डा.शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिने बताएका छन् । 

विमलेन्द्र निधीले पनि उम्मेदवारी दिने बताएका छन् । सर्वेक्षणले देउवा नै सभापति बन्न सक्ने देखाएको छ ।  

२००३ सालमा खडा भएको नेपाली राष्ट्रिय कांग्रेस हुँदै अहिलेको नेपाली कांग्रेससम्म आइपुग्दा १४ औं महाधिवेशन भइरहेको छ । यसबाट सभापतिको अनुहार भने धेरै फेरिएको छैन । 

स्थापनाकालमा वीपी कोइराला कार्यकारी सभापति भए । डिल्लीरमण रेग्मी, वीपी, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वमा पुगेका छन् । 

फेरि पनि नेतृत्वमा देउवा आए नयाँ अनुहार बदलिने छैन । इतर पक्ष एक ठाउँमा नहुने हो भने पहिलो चरणबाटै देउवा सभापति बन्ने सर्वेक्षणले देखाएको छ । 

कांग्रेसको पहिलो महाधिवेशन २००३ सालमा भारतको पटनामा, दोस्रो २००४ सालमा भारतको बनारसमा, तेस्रो २००५ सालमा भारतकै दरभंगामा, चौथो २००६ सालमा भारतकै बनारसमा भएको थियो । 

त्यस्तै पाँचौं २००९ सालमा जनकपुरमा, छैटौं २०१२ सालमा वीरगन्जमा, सातौं २०१७ सालमा काठमाडौंमा, आठौं २०४८ मा झापामा, नवौं २०५३ मा काठमाडौंमा भएको थियो । 

दशौं २०५७ मा पोखरामा , एघारौं २०६२ सालमा पोखरामा भएको थियो । बाह्रौं २०६७ सालमा काठमाडौं र तेह्रौं २०७२ सालमा काठमाडौंमा भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ