arrow

सभापतिको ३१७७ मत गणना हुँदा देउवा अगाडि, यस्तो छ परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-999.JPG

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । सभापतिका लागि पाँच जना मैदानमा छन् । अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
३१७७ मत गन्दा देउवाले १५०७ मत पाएका छन् । डा. शेखर कोइरालाले ११६४ मत पाएका छन् । प्रकाशमान सिंहले २५४ मत पाएका छन् । विमलेन्द्र निधीले १९० मत पाएका छन् । कल्याण गुरुङ्गले १६ मत पाएका छन् । 

आज बिहान पौने ४ बजेदेखि मतगणना शुरु भएको हो । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

बागमती र प्रदेश २ बाट मतगणना थालिएको थियो । सुदूरपश्चिमको मत गन्न बाँकी नै छ । 

कुनै पनि उम्मेदवारले कूल खसेको मतको ५० प्रतिशत बढी मत नल्याएमा दोस्रो चरणमा मतदान हुनेछ । यो अवस्थामा पहिलो र दोस्रो स्थानमा रहने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । 

यदि दोस्रो चरणमा चुनाव पुगेका खण्डमा संस्थापन इतर पक्ष एक हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ