arrow

नेपालमा संकट र दुःख पर्दा भारतलाई दुख्छ: भाजपा नेता हर्षवर्धन

'राजनीति सानो मनले हुँदैन तर ठूलो मन भएका नेताहरु नेपालमा मात्र पाएको छु'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
harsa-bardan1.jpg

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता हर्षवर्धन सिंहले एकै मञ्चमा फरक फरक दलबाट प्रतिनिधित्व गरेका धेरै प्रधानमन्त्री तथा नेताहरु देख्दा गौरव लागेको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सम्बोधन गर्दै उनले उदार मन र खुला दिलका साथ सदभावपूर्ण रुपमा कार्यक्रममा सहभागी भएको राजनीतिक जीवनमा आफूले अन्य देशमा नदेखेको बताए । भाजपालाई आमन्त्रण गरेकोप्रति धन्यवाद दिंदै उनले एक पार्टीको महाधिवेशनमा सबै दलका बरिष्ठ नेताहरु उपस्थित हुने गरेको आफूलाई नौलो लागेको बताए ।

‘१० दिन पहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पार्टीमा पनि यस्तै मौका मिलेको थियो । देशका प्रधानमन्त्री फरक पार्टीको हुँदाहुँदै पनि चार घण्टा प्रमुख प्रतिपक्षी दलको कार्यक्रममा बसेको देखेको पाएँ । यस्तो कहीं देखेको थिइन । यसले हामीलाई प्रेरणा दिएको छ,’ उनले भने ।

राजनीति कहिल्यै पनि सानो मनले नहुने भन्दै ठूलो मन भएका राजनीतिक दलका नेताहरु नेपालमा पाएकोमा खुशी ब्यक्त गरे । उनले नेपाल र भारतबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गरे । उनले भने,‘नेपाल–भारतकोसंस्कृती, हिन्दुत्व साथै वर्षौदेखि इन्डो नेपाल सन्धीको सुगन्ध पहिले जसरी अहिले पनि हुने गरेको छ । नेपालमा संकट पर्दा र दुःख पर्दा भारतलाई दुख्ने गरेको छ ।’

२०१५ मा अप्रिलमा विनाशकारी भूकम्पका बेला भारतीय प्रधानमन्त्री चिन्तित रहेको र ६ घण्टाभित्रै सबै किसिमको सहायता नेपालमा ल्याएको उल्लेख गर्दै कोभिडको महामारीमा पनि सकेको सहयोग गरेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक शुद्ध, मजबुत, स्थीर नेपालको पक्षमा रहेको उल्लेख गरे । भारतका नागरिक, भारतका नेता, भारतका प्रधानमन्त्री र भाजपाका नेता नेपालको उन्नतीको पक्षमा रहेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ