arrow

सात युवा अधिवक्ता युनिसेफमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
unicef-logo.png

काठमाडौं । युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा आज सात अधिवक्ता नियुक्त गरिएको हो । नियुक्त गरिएका अधिवक्ताले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक  हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका तथा युवासँग सम्बन्धित मुद्दामा आवाज उठाउनु पर्नेछ ।   

युनिसेफले विश्वभरि नै आफ्नो समाज परिवर्तनमा संलग्न भएका युवा कार्यकर्ता, अधिवक्ता र सामुदायिक आयोजकसँग काम गर्दछ । “युवालाई प्रभाव पार्ने मुद्दाका लागि सबैभन्दा प्रभावकारी भनेको युवा स्वयम् हुन् र उनीहरूमा भावनात्मक रूपमा जोडिएका विषयमा सबैलाई सम्मिलित गर्न सक्ने अद्वितीय शक्ति छ भन्ने कुरामा हामी विश्वास गर्छौ, नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भने । 

समावेशी विकासको क्षेत्रमा संलग्न र युवा तथा अपाङ्गता अधिकारका एक उत्साही अभियनकर्मी २२ वर्षीय निर श्रेष्ठलाई अपाङ्गता समावेशीकरणका लागि युवा अधिवक्ताका रूपमा नियुक्त गरिएको छ । 

त्यसैगरी २१ वर्षीया पल्लवी कर्णले आफ्ना साथीसँग पोषणको महत्वका बारेमा पैरवी गर्ने बताइएको छ । अर्का २१ वर्षीया प्रकृति भट्टराई, २० वर्षीया प्रशंसा केसी र २३ वर्षीय श्रीकृष्ण थापा लैङ्गिक समानताका पक्षधर मानसिक स्वास्थ्यका लागि युवा अधिवक्ता २० वर्षीय शितांशु ढकाल र २३ वर्षीया सोनिका पौडेल जलवायु परिवर्तनका पक्षधर रहेको जनाइएको छ ।   

यी युवा अधिवक्तासँगको साझेदारीमा जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषणसम्बन्धी युवाको आवाजलाई व्यापक बनाउने, चेतना जगाउने र पैरवी गर्ने लक्ष्य युनिसेफ नेपालले राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ