arrow

कृष्ण सिटौला देउवालाई भेट्न बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
deuba-sitaula-new.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला बालुवाटार गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेता सिटौला बालुवाटार गएका हुन् । 

देउवालाई उनकै पक्षका नेता कार्यकर्ताले महामन्त्रीमा आफ्नै पक्षबाट उठाउनुपर्छ भन्दै दबाब दिन बालुवाटारमा नाराबाजी भएपछि अन्तिम छिनोफानो गर्न सिटौला बालुवाटार गएका हुन् । 

सिटौलाका अनुसार हिजो बिहान देउवासँग भएको छलफलपछि महामन्त्रीको उम्मेदवारीका लागि सिटौला पक्षबाट प्रदीप पौडेलको नाममा सहमति भएको थियो । 

त्यस्तै सहमहामन्त्री मधेशी क्लष्टरबाट उमाकान्त चौधरीको नाममा सहमति भएको थियो । 

मनोनयनको समय ५ बजेसम्म मात्र रहेका अवस्थामा देउवालाई भेटेर अन्तिम तयारी गर्ने सिटौलाले उनी निकटका नेताहरुलाई बताएका छन् । 

उनी निकटका नेताहरुको छलफल होटल रोयल सिंघीमा चलिरहेको छ ।  

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ । 

हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ । 

 उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । 

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ