arrow

सभापतिमा पराजित भए प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मलाई जिताउनुहोला : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
ser-badhur-UK.jpg

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले आफूले जसरी पनि जित्नै पर्ने बताएका छन् ।

आइतबार बिहान आदीबासी जनजातीका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै आफूलाई जसरी पनि जिताउन आग्रह गरेका हुन् । उनले आफू हारेमा धेरै विषयमा प्रश्न उठ्ने दाबी गरे ।

उनले आफू हारे प्रधानमन्त्रीबाट हटाउने र मुलुकलाई समस्या पर्ने जिकिर गरे । ‘मैले हारें भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ’ उनले भने,‘पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर प्रश्न गरिरहेका छन् । त्यसैले मैंले जित्नैपर्छ ।’

उनले जनजातीहरुलाई पनि उचित सम्बोधन गर्न पार्टीमा आरक्षणको व्यवस्था गरिएको दाबी गरे । उनले विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगेको र अब साझा पार्टी बनाएर लैजाने आश्वासन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ