arrow

तीन स्थानमा मतदान, को कता जाने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
ajayababu11.jpg

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि भृकुटीमण्डपमा मतदान भइरहेको छ । मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । तीन स्थानमा मतदान हुँदैछ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो । 

निर्वाचन समितिका अनुसार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो । 

यसअघि बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि मतपत्र छाप्न ढिलाई हुँदा समयभन्दा केही ढिला गरी मतदान शुरु भएको हो । सभापतिका उम्मेदवारहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीले मतदान स्थलको निरीक्षण गरेका थिए । 

उनीहरु बिहान फरक–फरक समयमा मतदानस्थल पुगेका थिए । सभापतिका लागि कोइराला, सिंह र निधीसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन्  ।

डा. कोइरालालाई डा. शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि समर्थन रहेको छ । 

दोस्रो चरणमा पुगेका खण्डमा सस्ंस्थापन इतर सबै एकै ठाउँमा भेला हुने निधीले बताइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ