बेलायतले बेइजिङमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने
एजेन्सी,
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
619
Shares
फाइल तस्बिर
लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चीनको बेइजिङमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने बताएका छन्। हाउस अफ कमन्समा बोल्दै बेलायती प्रधानमन्त्री जोनसनले प्रभावकारी रूपमा बेइजिङको विन्टर ओलम्पिकको बहिष्कार गर्ने बताएका हुन।
यसअघि अमेरिका, अस्ट्रेलिया र क्यानडाले पनि चीनमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने बताइसकेका छन्। विन्टर ओलम्पिक आगामी फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा हुँदै छ।
कूटनीतिक बहिष्कार गरेको मुलुकहरूले सरकारी पदाधिकारीहरूको टोली बेइजिङ पठाउने छैनन्। तर, उनीहरूका खेलाडी भने विभिन्न खेलहरूमा भाग लिन पाउने छन्। चीनको मानवअधिकारको तथ्याङ्कलाई लिएर आफूहरूले कूटनीतिक बहिष्कार गरेको ती मुलुकहरूले जनाएका छन्।
वर्षौँदेखि चीनको मानवअधिकार उल्लङ्घनका घटनालाई लिएर गम्भीर ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि चीनको विरोध गर्दै उनीहरूले विन्टर ओलम्पिक बहिष्कार गरेका हुन्।
चीनले उइगरहरूमाथि गरेको मानवअधिकार उल्लङ्घनका कारण आफूहरूले कूटनीतिक बहिष्कार गरेको अमेरिका र अस्ट्रेलियाले जनाएका थिए।