arrow

राष्ट्रिय सभामा ६ अध्यादेश पेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
upper-house2.jpg

काठमाडौं ।  राष्ट्रिय सभाको एघारौँ अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गरिन् । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकातर्फबाट मन्त्री गुरुङले  ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गरे । मन्त्री यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरिन् ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद अबरुद्ध गरेको हो । सभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजे बस्नेछ । रासस



नयाँ