arrow

नासाले 'छोयो' सूर्यलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
parker-solar-probe.png

काठमाडौं । सन् २०१८ मा प्रक्षेपण गरिएको नासाको 'पार्कर सोलार प्रोब' सूर्यलाई छुने पहिलो यान बनेको छ। सौर्य विज्ञानका क्षेत्रमा थप अध्ययन एवं अन्वेषणका लागि यो प्रोबलाई करिब तीन वर्षअघि नासाले प्रक्षेपण गरेको थियो।

सूर्यबाट छुटेका कणहरू र चुम्बकीय क्षेत्रको नमुना सङ्कलन गर्ने उद्देश्यले सूर्यको अधिकतम नजिक जान सक्ने किसिमले यो प्रोब तयार पारिएको थियो। पार्कर सोलार प्रोबले सूर्यको कोरोना अर्थात् माथिल्लो वायुमण्डलबाट फन्को लगाएको हो।

नासाको विज्ञान मिशन निर्देशनालयका सहयोगी प्रशासक थोमस जुर्बुचेनले, 'पार्कर सोलार प्रोबले सूर्य छुने सौर्य विज्ञानको लागि एक महत्त्वपूर्ण क्षण र उल्लेखनीय उपलब्धि' भएको बताएका छन् ।

गत अप्रिलमै पार्कर सोलार प्रोब सूर्यको कोरोनामा पुगेको भए पनि मङ्गलवार लुइसियानाको अर्लिन्समा बसेको अमेरिकी जियो फिजिकल युनियनको बैठकले औपचारिक घोषणा गरेको हो ।

सूर्यको कोरोना सतह भन्दा पनि बढी तातो छ र यो प्रोबले त्यस्तो किन हो भन्ने अध्ययनमा मद्दत गर्न सक्ने छ। कोरोनाको तापक्रम २० लाख डिग्री फरेनहाइट छ भने, १० हजार डिग्री फरेनहाइट छ।

पार्कर सोलार मिसन सौर्य विज्ञान सम्बन्धीका अनेकौं खोजको लागि काम गर्ने छ। पार्कर सोलार प्रोबले सूर्यको कोरोनामा रहेको प्लाज्माको संरचना, गतिशीलता र चुम्बकीय क्षेत्रको मुल्यांकन गर्नेछ ।

यस्तै कोरोनालाई तातो बनाउने र सौर्य हावालाई उत्प्रेरित गर्ने उर्जा प्रवाह र सुर्यबाट छुटेका ऊर्जावान कणहरूलाई गति दिने संयन्त्रहरूलागयतका विभिन्न कुरामा अध्ययन गर्न सघाउने छ ।

७ वर्षको अवधिमा यो प्रोबले २१ पटक सूर्यको नजिक फन्को लगाउनेछ। मिसनको अन्त्यमा सन् २०२५ मा पार्कर सोलार प्रोब कोरोनाको झनै नजिक गएर सकिनेछ।

सन् २०२४ मा यो प्रोबले सूर्यभन्दा ३९ लाख माइल (करिब ६२ लाख किलोमिटर)को दुरीबाट फन्को लगाउनेछ। यो दुरी सूर्यको सबैभन्दा नजिकको ग्रह बुध भन्दा पनि नजिक हो। सूर्य र बुधबीचको दुरी करिब ६७ लाख किलोमिटर रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ