arrow

अन्तरिक्ष यात्रीहरूलाई फिर्ता गर्दै नासा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
nasa-logo.jpg

काठमाडौँ । नासाले सेप्टेम्बरमा बोइङको स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय गरेको छ । अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्स अर्को फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा रहनेछन् ।

नासाका अन्तरिक्ष यात्री विल्मोर र विलियम्स जुन ६ मा बोइङ स्टारलाइनरमा आइएसएस पुगेका थिए। उनीहरू आठ दिनपछि फर्किने योजना भए पनि अन्तरिक्ष यानको प्राविधिक समस्याका कारण दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा अलपत्र परेका छन् ।

नासा र बोइङले जुन ६ मा स्टारलाइनर अन्तरिक्ष स्टेशनमा पुग्दा हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टरहरूसँग समस्या अनुभव गरेका थिए । 

त्यसबेलादेखि इन्जिनियरिङ टोलीहरूले डेटाको सङ्कलन समीक्षा गर्न, उडान र ग्राउन्ड परीक्षणहरू सञ्चालन गर्न, एजेन्सी प्रोपल्सन विशेषज्ञहरूसँग स्वतन्त्र समीक्षाहरू होस्ट गर्न र विभिन्न फिर्ती आकस्मिक योजनाहरू विकास गर्न प्रयासहरू गरेका छन् ।

नासाले विल्मोर र विलियम्सले सन् २०२५ फेब्रुअरीसम्म औपचारिक रूपमा आफ्नो काम जारी राख्ने बताएको छ । उनहरूले एजेन्सीको स्पेसएक्स क्रु–९ मिसनमा तोकिएका दुई अन्य चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत घरका लागि उडान भर्नेछन् ।

क्रु–९ मिसन मूल रूपमा चालक दलका चार सदस्यसहित मङ्गलबार सेप्टेम्बर २४ भन्दा पहिले सुरु हुनेछ ।

“नासा र बोइङ टोलीहरूले ठूलो मात्रामा परीक्षण र विश्लेषण पूरा गरिसकेका छन् । यो उडान परीक्षणले अन्तरिक्षमा स्टारलाइनरको कार्यसम्पादनमा महत्त्वपूर्ण जानकारी प्रदान गरिरहेको छ । हाम्रो प्रयासले बिना चालक दलको फिर्तीका लागि तयारी गर्न मद्दत गर्ने र अन्तरिक्ष यानका लागि भविष्यका सुधारात्मक कार्यहरूलाई धेरै फाइदा पुर्याउनेछ”, नासाको कमर्सियल क्रु कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ