arrow

नेपाली क्रिकेट टीमको कप्तानमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ललाई कारवाही

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
sandip.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको छ । कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।

क्यानको बुधबार बसेको बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका छन् । उनका अनुसार अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ