arrow

नेपाली महिला टिम फाइनल नजिक, भारतसँगको खेलबाटै यात्राको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
u-19-mahila-football-121.jpg

काठमाडौं । नेपाली महिला फुटबल टिम साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा हिजो भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । 

भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । 

तेस्रो स्थानको भारतको ६ अंक छ । भारतले तीन मध्ये दुई खेलमा जित निकालेको छ भने एक खेलमा पराजय भोगेको छ । 

अब भोलि नेपाल र भारतबीचको खेल हुँदैछ । यो खेलबाटै नेपालको अबको यात्राको टुंगो लाग्नेछ । चार खेलमध्ये केवल एक खेलमा जित निकालेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यस्तो भयो भुटानमाथिको नेपालको खेल
नेपालले एकतर्फी खेल खेल्यो । मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरे । 

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । कुशुमले १८ औ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् ।  

रजनीले नेपाललाई २१ औं मिनेटमा गोल गर्दै अग्रतालाई तेब्बर बनाइन् । मेनुकाले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ