arrow

घाँस काट्दा आगलागी, एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
fire-final_1618024271.jpeg

काठमाडौं । कालीकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान मृत्यु भएको हो । 

आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताए ।

शुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते भएको उनले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ