arrow

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे निष्कासित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
milan-panday8.jpg

काठमाडौं । पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरिएको छ ।

उक्त पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम गरेको भन्दै निष्कासित गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको मिश्रले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै पाण्डेलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ