arrow

अभिलाषाको द्वारमा वृद्ध तपस्वी

logo
बुद्ध,
प्रकाशित २०७८ पुष ६ मंगलबार
buddha2.jpg

काठमाडौं ।  आज भन्दा २५ सय वर्ष भन्दा पनि पहिले सिद्धार्थ गौतमको जन्मेको खुसीयालीमा दरबारमा उत्सव मनाइएको थियो । सम्राट्को घरमा छोरा जन्मिएको खुसीयालीमा राजधानी सजिएको थियो । रातभर मानिसहरूले दियो जलाए, नाचे। उत्सवको क्षण थियो त्यो । बुढो सम्राट्को घरमा छोरा जन्मिएको थियो । लामो प्रतीक्षा पुरा भएको थियो । धेरै पुरानो अभिलाषा थियो पुरै राज्यको । राजा बुढा हुँदै गएका थिए र  नयाँ राजाको कुनै सङ्केत थिएन ।

यसैले नयाँ बालकलाई सिद्धार्थ नाम दिइयो । सिद्धार्थको अर्थ हो अभिलाषा पुरा हुनु। बुद्ध जन्मेको पहिलो दिन देखिनै दरबारको द्वारमा ब्यान्ड बाजा बजाइन्थ्यो,  सनाई बजाइन्थ्यो । फुलको वर्षा गरिन्थ्यो, महलका चारैतर्फ प्रसाद बाँडिन्थ्यो ।

सो समय हिमालयबाट कुद्दै एक वृद्ध तपस्वी द्वारमा आएर खडा भए । उनको नाम थियो असिता । सम्राट् पनि उनलाई सम्मान गर्थे । सो भन्दा पहिले असिता कहिले पनि राजधानी आएका थिएनन्। कहिले काहै भेट्नु परेमा राजा शुद्धोधन आफै दर्शन गर्न हिमालय जान्थे । यी दुई केटाकेटी देखिका साथी थिए। पछि शुद्धोधन राजा भए। बजार, माया-मोहको संसारमा उल्झिए । असिता महा तपस्वी भए । उनको ख्याति टाढा टाढासम्म फैलियो ।

असितालाई द्वारमा देखेर शुद्धोधनले भने, 'तपाई यहाँ ? के भयो कसरी आउनुभयो? केही समस्या छ, कुनै अड्चन छ ?

असिताले भने, 'अहँ कुनै समस्या अड्चन छैन । तिम्रो घरमा छोरा जन्मिएको छ । उनको दर्शन गर्न आएको हुँ ।'

शुद्धोधनले कुरो बुझेनन् । सौभाग्यको घडी थियो यो । असिता जस्तो तपस्वी छोराको दर्शन गर्न आए । शुद्धोधनले छोरा सिद्धार्थलाई काखमा च्यापेर असिता भएको ठाउँमा ल्याए । असिता झुके र शिशुको चरणमा शिर राखे । भनिन्छ शिशुले उनको खुट्टा असिताको जटामा अल्झाए र त्यहाँदेखि मानिसको जटामा बुद्धको खुट्टा रह्यो ।

अचानक असिता हाँस्न थाले र रुन पनि। त्यो देखेर शुद्धोधनले सोधे, 'शुभ घडीमा तपाई किन रुनुहुन्छ ?'

असिताले भने, 'यो तिम्रो दरबारमा जुन छोरा जन्मिएको छ । यो कुनै साधारण आत्मा होइन । असाधारण हो । कयौँ शताब्दी बित्छ यस्ता असाधारण व्यक्तिको जन्म हुन। यो तिम्रोलागि मात्र सिद्धार्थ होइन, अनेकौँ मानिसहरूका लागि सिद्धार्थ हो । अनेकौँ मानिसहरूको अभिलाषा यसबाट पुरा हुनेछ । हाँस्छु की यसको दर्शन मिल्यो। हाँस्छु, प्रसन्न छु कि यसले मजस्तो बुढोको जटामा आफ्नो खुट्टा अल्झायो । यो सौभाग्यको क्षण हो । यस कारण रुन्छु कि  जब यो खिल्नेछ, फुल बन्नेछ, जब यसको शुभाष उठ्नेछ र यसको सुभाषको करोडौँ मानिसहरूले छाया लिनेछन् तब म रहनेछैन। यो मेरो शरीर छोड्ने समय नजिक आइसक्यो ।'  

साथै असिताले एक अनौठो कुरा सुनाए,' अहिलेसम्म आवागमन (जन्म र मृत्यु) देखि छुट्ने जुन अभिलाषा थियो त्यो पुरा भयो। आज पछुतो पनि हुदैछ। एक जन्म अरू मिले यस बुद्ध पुरुषको चरणमा बस्न, यसको वाणी सुन्न, यसको सुगन्धलाई पिउन, यसको नशामा डुब्न पाउँथे। आज म पुछुताउदै छु तर म मुक्त भैसकेको छु । यो मेरो अन्तिम अवतरण हो । यसपछि देह बन्न सक्ने छैन । अहिलेसम्म शरीरबाट कहिले छुटकारा होस यही चेष्टा गरेको थिए । आज पछुतो लागेको छ कि केही समय अझै रहेको भए हुने थियो ।'

असिता चाहन्छन् मोक्ष पनि दाउमा लागे कुनै फरक पर्ने छैन । तबदेखि २५ सय वर्ष भन्दा अझ धेरै वर्ष बित्यो । धेरै प्रज्ञा पुरुष भए । तर बुद्ध अतुलनीय छन्।अतुलनीयता यसमा छ कि उनले यस सदिको लागि धर्म दिए र आउने भविष्यको लाग पनि धर्म दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ