arrow

विभत्स हत्या गरिएका अर्जुनको न्यायका लागि कैलाली कांग्रेसले जनायो प्रतिबद्धता

इन्टरपोल मार्फत छोराको हत्यारा खोप्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
arjun-das.jpg

कैलाली । अजुर्न दासको न्यायको लागि नेपाली काांग्रेस प्रतिबद्ध रहेको क्षेत्रीय सभापति विष्णु ढकालले बताएका छन् । अजुर्न दासको घरमा खाद्यान्न सामग्री लिएर पुगेका ढकालले मृतक अजुर्न दासको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको माग समेत गरेका थिए । 

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ ले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको भन्दै क्षेत्रीय सभापति ढकालले प्रहरी प्रशासनलाई समेत हत्यामा संलग्नहरूको खोजीका लागि सहयोग गर्न सबै सँग आग्रह गरेका थिए । नेपाली कांग्रेस जहिले पनि यस्ता अपराधीक क्रियाकलापको विरुद्ध रहेको बताउँदै समाजमा सद्भाव र शान्तीसुरक्षा कायम राख्न यस्तो दुखद घडीमा सबै संवेदनशील र सजग हुनु पर्नेमा जोड दिएका थिए ।

राहत लिएर पीडितको घरमै पुगेका नेपाली कांग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक नृप सुनारले अमरावती सामुदायिक वनमा डोरीले छातीको भाग, दुबै हात र खुट्टा रुखमा बाँधी टाउको धारिलो हतियारले काटी अर्जुनको बीभत्स हत्या गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै शोकमग्न पीडित परिवारजनमा समवेदना समेत व्यक्त गरेका थिए ।

मृतक अर्जुनका आमा पवन दास, बुवा कपुरे र श्रीमती धर्मा दासलाई न्याय दिलाउनका लागि र घटनामा संलग्न दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन आफूहरू लागि रहेको बताए ।

हरेक नागरिकको स्वतन्त्र पूर्वक बाच्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै अन्तर विरोधलाई पनि समाधान गर्ने कानुनी र संवैधानिक उपाय तथा विकल्प हुँदा हुँदै पनि बीभत्स र पाशविक हत्याको जति निन्दा गरे पनि अपुग हुने बताउँदै सुनारले यस घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन सरकार माग गरेका थिए । 

बीभत्स र पाशविक हत्या पश्चात् अपराधीहरू अडियोमा आफूहरू हत्या गरेर भारतको रुपैडिया नाका हुँदै बैंग्लोर भागेको दाबी गरिएको छ । 'ती अपराधीहरूलाई सरकार र गृह मन्त्रालयको सक्रियतामा इन्टरपोल मार्फत खोज बिन गरेर चाँडो भन्दा चाँडो अपराधीलाई पक्राउ गरि हदै सम्मको कारबाही गर्न माग गर्दछौ । यसमा गृहमन्त्रीको विशेष पहलकदमी अगाडी बढोस् र पीडित परिवारलाई न्यायको अनुभूति होस भन्ने विश्वास गर्दै यो मानवता विरोधी घटनाका अपराधीलाई कुनै पनि हालतमा पक्राउ गरि कानुनी कारबाही होस' उनले भने ।

सो कार्यक्रम नेपाली काँग्रेसका प्रदेश सदस्य काशीराम देवकोटा, पूर्व महाधिवेशन प्रतिनिधि धर्मराज न्यौपाने, पूर्व गाउँपालिकाका सभापति लक्ष्मी देवकोटा, गाउँपालिका सभापति गणेश रेग्मी, नेकाका नेता गोविन्द विष्ट, नमराज उपाध्याय , वडा अध्यक्ष नर बहादुर कुमाल, टेकराज कठायत लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यसै बिच कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का अजुर्न दासका परिवारलाई नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ ले खाद्यान्न सहयोग गरेको छ । केही दिनअघि अमरावती सामुदायिक बनमा बर्बरता पूर्वक हत्या गरिएको अवस्थामा भेटिएका अमरावतीका अर्जुन दासको परिवारलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यका साथ नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विष्णुप्रसाद ढकालले पीडितको घरमै पुगी समवेदना समेत प्रकट गरी ४ कट्टा चामल, ५ किलो दाल, ५ पोका तेल, ५ किलो नुन तथा मसाला सहयोग गरेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ