कास्कीको नौडाँडामा स्कूटर दुर्घटना हुँदा दुई युवकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
2.1k
Shares
पोखरा । कास्कीका गए राति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा भएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोही ठाउँका ३० वर्षीय कृष्ण सुवेदी रहेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग२१प ४४६० नम्बरको स्कूटर उक्त स्थानमा रोकेर राखेको सवारी साधन बोक्ने ट्रेलरमा ठोक्किँदा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार गए राति ११ः५५ बजे सो दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचार काम लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको डिएसपी तिवारीले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।