- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् । पुबुदु आज नेपाल आएका हुन् । दोस्रो पटक नेपालको प्रशिक्षक बनेर उनी नेपाल आएका हुन् ।
पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । क्यानको गत मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो ।
त्यसअघि क्यानको प्रशिक्षक छनोट समितिले उनलाई मुख्य प्रशिक्षक नियुक्तका लागि सिफारिस गरेको थियो । उनी यसअघि सन् २०११ देखि २०१५ सम्म मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्वकप खेलेको थियो ।
नेपाल आएसँगै पुबुदुले संचारकर्मीसँग नेपाली क्रिकेटलाई अर्को लेभलमा लैजान प्रयास गर्ने आश्वासन दिएका छन् । उनले पहिलो पटक आउँदा भन्दा नेपालको स्थिति फरक रहेको भन्दै थप मेहनत गर्न जरुरी रहेको पनि बताए । थुप्रै योजना बनाउन पनि बाँकी रहेको उनले बताए ।