जन्ती गएर फर्किएको स्कारपियो दुर्घटनामा ५ जनाको मृत्यु
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ पुष १३ मंगलबार
521
Shares
गरुडा । रौतहटको गम्हरियाबाट नरकटिया जन्ती गएर फर्कने क्रममा गौर- चपुर सडक खण्डको जयनगरमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
जन्ती गएर फर्कने क्रममा ९ जना सवार रातो बि आर ०५पीए ६९५३ नम्बरको स्कार्पियो अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर सड्क भन्दा १० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
दुर्घटनामा गढीमाई नगरपालिका ३ गम्हरियाका १६ वर्षाका सेख नौसाद,२२ वर्षका सेख सैनुल्लाह,५५ वर्षका मोसाफिर अन्सारी र सेख छोटु को पहिचान खुलेको छ । घाइतेहरूको गरुडास्थित ग्राण्डि र हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।