- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक जना व्यक्ति महात्मा बुद्धको नजिक गए । उनले सोधे 'प्रभु, मैले यो जीवन किन पाए, यति ठुलो संसारमा मेरो के मूल्य छ?' उनको कुरा सुनेर बुद्ध मुस्कुराउनुभयो । चम्किलो पत्थर दिँदै भन्नुभयो, 'जाऊ, पहिले यो पत्थरको मूल्य पत्ता लगाएपछि आउनु, तर ख्याल राख, यसलाई नबेच्नु, मूल्य पत्ता लगाउनु ।'
ती व्यक्तिले त्यो पत्थर एक आँप व्यापारीकहाँ लगेर देखाउँदै भने, ' यसको मूल्य कति होला?' त्यस पत्थरको चमक देखेर उसले त्यो बहुमूल्य पत्थर हुनुपर्छ भन्ने बुझ्यो तर बनावटी स्वरमा भने,' हेर्दा खास लाग्दैन,तर म यसको बदलामा दश वटा आँप दिन सक्छु ।'
ती व्यक्ति अघि बढे । अगाडि एक जना सब्जीवाला थिए । उनले पत्थरको मूल्य सोधे । तरकारी बेच्नेले भने, 'यो पत्थरको सट्टा एक बोरा आलु दिन सक्छु ।'
उनी अगाडि बढे । पत्थर अनमोल छ, जौहरीबाट थाहा पाउनुपर्छ भन्ने उनलाई लाग्यो । उनी एउटा गहनाको पसलमा पुगे र आफ्नो कुरा राखे । त्यो देखेर जौहरीले थाहा पाए यो बहुमूल्य रूबी पत्थर हो, जुन भाग्यशालीहरूले मात्र पाउँछन्। उसले भने, 'पत्थर मलाई देऊ र मबाट दश हजार रुपैयाँ लिएर जाऊ ।'
ती व्यक्तिले पत्थरको मूल्य कति हुन्छ भन्ने बुझिसकेका थिए । उनी बुद्ध भएको ठाउँमा फर्कँदै थिए। जौहरीले उनलाई रोकेर भने, “पर्ख भाइ, म यसका लागि पचास हजार दिन सक्छु ।
तर उनी अझै रोकिएनन्। जौहरी त्यो पत्थर कुनै पनि हालतमा आफ्नो हातबाट जान दिन चाहेनन्, उनी अगाडि आएर हात जोड्दै भने , 'यो पत्थर मलाई देऊ, म एक लाख रुपैयाँ दिन तयार छु ।' ती व्यक्ति जौहरीबाट भाग्न थाल्यो। जौहरीले पछाडिबाट बोलाए, 'यो बहुमूल्य पत्थर हो, अमूल्य छ, तिमीले जे माग्छौ म दिन्छु।'
यो सुनेर व्यक्ति स्तब्ध भए । उनी सिधै बुद्धकहाँ गए र पत्थर फिर्ता दिँदै सबै कुरा सुनाए ।
बुद्धले मुस्कुराउँदै भन्नुभयो, ' आँप बेच्नेले यसको मूल्य 'दश आँप' राखे, आलु बेच्नेले 'एक बोरा आलु' र जौहरीले 'अमूल्य' । यस पत्थरको गुण जसले जति सम्झे उसले उति नै मूल्य लगाए । त्यस्तै यो जीवन हो ।'
'हरेक व्यक्ति हिरा समान छन् । दुनियाँले उसलाई त्यति नै महत्त्व दिन्छ जति चिन्छ । तर मान्छे र हीरामा एक फरक छ । हिरालाई अर्काले निखार्छ तर मानिस आफैले आफैलाई निखार्नुपर्छ । तिमि पनि आफैले आफैलाई चमकाउ, तिमिलाई पनि तिम्रो मूल्य बताउने वाला मिल्नेछ।'