साइन रेसुङ्गा बैंकका म्यानेजर पाण्डेको सवारी दुर्घटनामा मृत्यु, दुई गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
572
Shares
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए ।
बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो । मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।