arrow

गृहमन्त्री खाँड पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
Balkrishna khand.jpg

पोखरा । नेपाल सरकारका गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँड पोखरा आउने भएका छन् । उनी पुस १५ गते बिहीबार पोखरा आउने भएका छन् ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान) द्धारा आयोजित सडक महोत्सव उद्घाटन गर्न गृहमन्त्री खाँड पोखरा आउने भएका हुन् ।

महोत्सव उद्घाटन पश्चात् उनी कास्की काँग्रेसद्धारा आयोजित कांग्रेसका अगुवा कार्यकर्ता भेलामा सहभागी हुने बताइएको छ । 

कास्की कांग्रेसले बिहीबार दिउसो ४ बजे पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको सचिव भानुभक्त ढकालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ