arrow

ओमिक्रोनको प्रकोप बढ्यो, सार्वजनिक कार्यहरुमा प्रतिबन्ध

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष १५ बिहिबार
corona-england-212.jpg

लन्डन । बेलायतमा पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ । पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना संक्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
 
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै संक्रमितहरु भेटिएको यो पहिलो घटना हो ।यसअघि पनि यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो संक्रमण भेटिएको बताइएको थियो ।

त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ  कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ यो संक्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।
 
यसरी मङ्गलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो । यहाँ अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी संक्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ