- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बिहीबार भैरहवामा भएको प्रमाण पत्र वितरण तथा पहिलो बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार बुटवलमा प्रदेश समितिले पत्रकार सम्मेलनको आयोजना गरी निर्णय सार्वजनिक गरेको छ ।
बैठकमा गरिएका विभिन्न निर्णयहरु सार्वजनिक गरिएको हो । निर्णयमाथि पत्रकारहरुले राखेको जिज्ञासामा लुम्बिनी प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति अमरसिंह पुनले जवाफ दिएका थिए ।
जवाफमा सभापति पुनले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम बैठकले नेपालको धरोहरको रुपमा रहेको धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनीको विकासका लागि सरकारले बढाएका रणनीति, कामकारबाही र प्रगतिको अनुगमन गरी थप विकासका लागि आगामी योजना बनाएर पार्टीको आगामी मार्ग तय गरिने बताए ।
सभापति पुनले थपे, ‘निर्वाचित भएको आधिकारिक प्रमाणपत्र र पद तथा गोपनियताको सपथ भैरहवामा बिहीबार ग्रहण गर्यौं, अब हामी वैधानिक भएका छौं । हामीले लुम्बिनी प्रदेशमा नेपली कांंग्रेसलाई सशक्त, सुदृढ, स्वस्थ र पुनर्जागरित गर्नका लागि संगठन, सबलीकरण र रुपान्तरणको कार्यक्रमलाई जोड दिने प्रदेशको पहिलो बैठकबाट निर्णय गरेका छौं ।’
सभापति पुनले कांग्रेस लुम्बिनीको ४ वर्षे अभियान अगाडि बढाउँदै स्पष्ट नीति, कार्यक्रम र योजनाहरु सही संगठन निर्माण र जनहितमा कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दै प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्न योगदान पुर्याउने कांंग्रेसका सम्पूर्ण प्रतिनिधि, नेता, निर्वाचन समिति, व्यवस्थापन समिति, रुपन्दही जिल्ला कार्यसमिति लगायतलाई आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
पहिलो बैठकले लुम्बिनी प्रदेशभर पार्टी संगठन निर्माण, विस्तार एवम् सुदृढीकरणका चार वर्षे अभियान, पार्टीको संगठन विस्तारसँगै जनताको हक अधिकार, पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुद र सुन्दर पक्ष मान्दै उक्त प्रक्रियालाई आत्ससात् गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका भरतकुमार शाहलाई प्रदेश कार्यसमितिको दोस्रो वरीयतामा राख्ने लगायतका निर्णयहरु गरिएको लुम्बिनी प्रदेश कार्यसमितिकी सहमहामन्त्री निमा गिरीले जानकारी गराइन् ।