पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, आठ घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
1.9k
Shares
तस्बिर– फाइल
पाल्पा पाल्पा पाल्पा यहाँ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए ।
घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ । रासस